खेल


आईपीएल: राजस्थानलाई सहजै पराजित गर्दै गुजरातको लगातार चौथो जित

आईपीएल: राजस्थानलाई सहजै पराजित गर्दै गुजरातको लगातार चौथो जित

तस्बिरः आईपीएल


नेपालखबर
चैत २८, २०८१ बिहिबार ११:११, काठमाडौँ

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार सम्पन्न खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई सहजै पराजित गर्दै लगातार चौथो जित दर्ता गरेको छ।

पहिले ब्याटिङ गर्दै गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो। गुजरातका साइ सुदर्शनले विस्फोटक ब्याटिङ गर्दै ८२ रनको योगदान दिए।

२१८ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको राजस्थान १९.२ ओभरमै १५९ रनमा अलआउट भयो। टोलीका लागि शिमरोन हेटमायरले सबैभन्दा बढी ५२ रन बनाए।

गुजरातका बलरहरू उत्कृष्ट लयमा देखिए। प्रसिद कृष्णाले ३ विकेट लिए भने साइ किशोर र राशिद खानले समान २/२ विकेट लिए। यस्तै, मोहम्मद सिराज, अर्शद खान र कुलवन्त खेजरोलियाले पनि १/१ विकेट हात पारे।

राजस्थानका बलरहरूमध्ये तुषार देशपाण्डे र महीश थिक्सानाले २/२ विकेट लिएका थिए भने जोफ्रा आर्चरले १ विकेट लिए।

पाँच खेलमध्ये चौथो जित दर्ता गरेको गुजरात टाइटन्स ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad