स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगमा सानदार जित हात पारेको छ।
घरेलु मैदानमा गएराति भएको खेलमा बार्सिलोनाले जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ४–० ले हराएको हो।
बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्कीले २ तथा राफिन्हा र लामिन यमलले एक/एक गोल गरे। राफिन्हाको गोलमा २५औँ मिनेटमा अग्रता बनाएको बार्सिलोनाले थप तीन गोलल दोस्रो हाफमा गरेको थियो।

लेवान्डोस्कीले ४८औँ मिनेटमा अग्रता दोब्बर पारेका थिए। ६६औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दा यमलले ७७औँ मिनेटमा टोलीका लागि चौथो गोल थपे।
पहिलो लेगको फराकिलो जितसँगै बार्सिलोनाको सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ। अब दोस्रो लेग डर्टमुन्डको मैदानमा अर्को साता हुनेछ।
96
Shares

प्रतिक्रिया