ब्राइटन एण्ड होव एल्बियनलाई पराजित गर्दै नटिङ्घम फरेष्ट ३४ वर्षपछि एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
शनिबार राति एमेरिकन एक्सप्रेस स्टेडियममा भएको क्वार्टरफाइनलमा टाइब्रेकरमा ब्राइटनलाई ४–३ ले पराजित गर्दै नटिङ्घम विजयी भएको हो।
निर्धारित ९० मिनेट र त्यसपछिको थप ३० मिनेटमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
टाइब्रेकरमा गोलरक्षक मार्ट सेल्स नायक बने। उनले दुइ प्रहार विफल पारे। नटिङ्घमका लागि कप्तान रायन एट्ले गोल गरेपछि नटिङ्घम सन् १९९१ पछि एफए कपको सेमिफाइनलमा पुगेको हो।
गएराति भएको अर्को खेलमा फुलहाममाथि ३–० को फराकिलो जित निकाल्दै क्रिष्टल प्यालेस एफए कपको अन्तिम चारमा पुगेको छ।
क्राभन कटेजमा भएको खेलमा क्रिष्टल प्यालेसले फुलहाममाथि सहज जित निकालेको हो। एफए कपको क्वार्टरफाइनलमा आइतबार म्यानचेष्टर सिटी र एएफसी बर्नमाउथ भिड्नेछन्।
अर्को खेलमा एष्टोन भिल्लाले प्रिस्टोन नर्थ एण्डको सामना गर्नेछ।
Shares

प्रतिक्रिया