खेल


नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट नियुक्त

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन स्टुवार्ट नियुक्त

नेपालखबर
चैत १५, २०८१ शुक्रबार २२:१७, काठमाडौँ

नेपाली पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा अस्ट्रेलियन पूर्व क्रिकेटर स्टुवार्ट ल नियुक्त भएका छन्। 

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विज्ञप्ति जारी गर्दै अष्ट्रेलियनन पूर्वब्याटर स्टुवार्टलाई अप्रिलदेखि लागू हुने गरी २ वर्षका लागि नियुक्त गरिएको जानकारी दिएको हो।

यसअघि उनले अमेरिकन टोलीको पनि मुख्य प्रशिक्षक भएर काम गरेका थिए। २०२४ अक्टोबरमा आईसीसी विश्वकप लिग २ मा नेपालसँग भिड्नु एकदिन अघि उनी अमेरिकन टोलीबाट बाहिरिएका थिए। 

अमेरिकन टोलीबाट उनी ७ महिनामै बाहिरिएका थिए। तर उनले किन बिचमै छाडे भन्ने अमेरिकन क्रिकेट बोर्डले प्रस्ट बताएन।

उनले केही समय अफगानिस्तानको पनि मुख्य प्रशिक्षक भएर काम गरेको अनुभव छ।

उनले श्रीलंकाको पनि अन्तरिम प्रशिक्षक भएर छोटो समय काम गरेका छन्।

उनकै नेतृत्वमा बंगलादेश पहिलो पटक एसियाकपको फाइनलमा पुग्न सफल भएको थियो। तर उनी ९ महिनामै बंगलादेशी टोलीको प्रशिक्षकबाट अलग भए।

त्यसपछि उनी अष्ष्ट्रेलियाकै राष्ट्रिय टोलीको ब्याटिङ प्रशिक्षकका रुपमा नियुक्त भएका थिए। २०१७ मा वेस्ट इन्डिजको जिम्मेवारी पाएका उनले त्यसअघि बंगलादेशको यू–१९ टोलीको प्राविधिक सल्लाहकारको रुपमा पनि काम गरेको अनुभव छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad