एएफसी महिला एसियन कप २०२६ छनोटमा नेपाल कठिन समूहमा परेको छ।
एसियाली फुटबल महासंघ (एएफसी)ले मलेसियाको क्वालालम्पुरमा बिहीबार गरेको समूह विभाजनमा नेपाल उज्वेकिस्तान रहेकै समूहमा परेको हो।
नेपालसँगै समूह ‘एफ’ मा रहेको उज्वेकिस्तान फिफा वरीयतामा ५० औँ र नेपाल ९९ औँ स्थानमा छ।
यो समूहमा लाओस र श्रीलंका पनि छन्। लाओस १०७ र श्रीलंका १५८औँ स्थानमा छ। यो समूहका खेल उज्वेकिस्तानमा हुनेछन्।
महिला एसियन कप छनोटमा टोलीहरुलाई ८ समूहमा विभाजन गरिएको छ। दुई समूहमा पाँच टोली र बाँकी समूहमा चार टोली रहनेछन्। हरेक समूहका विजेता टोली एएफसी महिला एसियन कप २०२६ को लागि छनोट हुनेछ।
महिला एसियन कप अस्ट्रेलियामा हुनेछ।
306
Shares

प्रतिक्रिया