समाज


८९ वर्षको उमेरमा रङ्गी नेपालीले पाइन् नागरिकता

८९ वर्षको उमेरमा रङ्गी नेपालीले पाइन् नागरिकता

नेपालखबर
चैत १४, २०८१ बिहिबार १५:४४, बाजुरा

बूढीगंगा नगरपालिका-८ की रङ्गी नेपालीले ८९ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। 

प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नेपालीलाई बिहीबार नेपाली नागरिकता प्रदान गरेका हुन्। उनलाई पहिलेदेखि नेपाली नागरिकता दिलाउन प्रयास गरिए पनि कानुनी जटिलताका कारण नसकेको वडाअध्यक्ष रमेश रावलले बताए।

वडाअध्यक्ष रावलका अनुसार नेपालीको एक छोरीले विवाह गरेर गएपछि साहाराविहीन बनेकी उनी नागरिकता नहुँदा नगरपालिकाबाट प्राप्त सेवा सुविधाबाट वञ्चित हुनुपरेको थियो। वडाध्यक्ष रावलले ती वृद्धाको आफन्त कोही नभएपछि आफैँले सनाखत गरेर नागरिकता दिलाउन सहयोग गरेको बताए।

नागरिकता पाएपछि नेपालीले खुसी व्यक्त गरेकी छन्। आफ्नो सबै थोक नाताले भाइ पर्ने रमेश रावल भएको ्उनले बताइन्। ‘वडा अध्यक्षकै कारणले मैले आज नागरिकता पाएँ,’ नेपालीले भनिन्।

उनको श्रीमान बितेको २२ वर्ष भए पनि हालसम्म कानुनी प्रक्रिया नपुगेपछि नागरिकताबाट बञ्चित भएकी थिइन्। नेपाली नागरिक भएको र स्थायी बसोबास गर्दै आएकी वृद्धालाई कानुनी प्रावधान पुरा गरी नागरिकता दिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए।

जिल्लाका दुर्गम बस्तीमा कतिपय नगारिकले समयमै नागरिकता नपाउँदा समस्या झेल्दै आएकाले प्रशासनमा वडाबाट सिफारिस भएर आएका नागरिकलाई कानुनी रूपमा समस्या नआउने गरी नागरिकता दिने गरेको उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad