खेल


पूर्वअध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्ने एन्फा कार्यसमितिको निर्णय

पूर्वअध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टाचारमा अनुसन्धान गर्ने एन्फा कार्यसमितिको निर्णय

फाइल तस्बिर


नेपालखबर
चैत १३, २०८१ बुधबार १३:२८, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पूर्वअध्यक्ष गणेश थापाविरुद्ध भ्रष्टाचारलगायतका आरोपबारे आवश्यक अनुसन्धान र छानबिन गर्ने निर्णय गरेको छ।

यही चैत ११ र १२ गते एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न नवौँ कार्यसमिति बैठकले पूर्वअध्यक्ष थापाविरुद्ध अनुसन्धान गरी सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको हो। 

कार्यसमिति बैठकले गरेका १५ निर्णयमध्ये १५ नम्बरमा यसबारे निर्णय भएको छ। 

निर्णयमा भनिएको छ, ‘संघका पदाधिकारीहरुको विशेष प्रस्तावमा फिफाबाट प्रतिबन्धित पूर्वअध्यक्ष गणेश थापासम्बन्धी विभिन्न भ्रष्टाचारलगायतका फिफाको निर्देशन उल्लंघन र अन्य गतिविधिहरुलाई आवश्यक अनुसन्धान तथा छानबिन गरी कारबाहीका लागि फिफा, एएफसी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी तथा संघको न्यायिक निकायहरुमा आवश्यकताअनुसार पत्राचार गर्ने।’

त्यसैगरी संघका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कालगायत अन्य व्यक्तिमाथि गम्भीर प्रकृतिका उजुरीलाई सम्बन्धित निकायमा छानबिन गरी निर्णयका लागि पत्राचार गर्ने निर्णय गरिएको प्रवक्ता सुरेश शाहले जानकारी दिए। 

त्यसैगरी बैठकले संघको नियमित साधारणसभा आगामी वैशाख २६ गते गर्ने तथा वार्षिक कार्यक्रम तथा प्रतियोगिता र अनुमानित बजेट १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँ आगामी सभामा पेस गर्ने निर्णय पनि गरेको छ। 

अरु के के निर्णय?


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad