हेभीवेटका दिग्गज बक्सर जर्ज फोरम्यानको ७६ वर्षको उमेरमा निधन भएको छ।
उनको परिवारले यो खबर दिएको बीबीसीले जनाएको छ।
बक्सिङ रिङभित्र फोरम्यानलाई बिग जर्ज भनेर चिनिन्थ्यो।
उनले १९६० को दशकमा आफ्नो बक्सिङ करिअर सुरु गरेका थिए।
उनले ओलम्पिक स्वर्ण पदक र दुईपटक विश्व हेभीवेट च्याम्पियनसिपसहित धेरैवटा उपाधि बेल्ट जितेका छन्।
उनको पहिलो व्यावसायिक हार १९७४ मा भएको ऐतिहासिक लडाइँमा अर्का महान् बक्सर मुहम्मद अलीसँग भएको थियो।
60
Shares

प्रतिक्रिया