समाज


एखुवा खोलामा पक्की पुल निर्माण

एखुवा खोलामा पक्की पुल निर्माण

नेपालखबर
चैत ९, २०८१ शनिबार १०:२४, भोजपुर

भोजपुरको एखुवा खोलामा रु सात कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ। 

हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो। एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ।

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको सो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो। एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताए। पुल निर्माण सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा आएका छन्।

पुल बनेसँगै स्थानीयलाई सहज भएको छ। प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीका अनुसार पानीको बहावलाई ख्याल गरी पुल निर्माण गरिएको छ। 

पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए। पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ।

वडाध्यक्ष राईले भने, ‘पुल नहुँदा धेरै जोखिम थियो। बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन। अब सहज भएको छ।

वर्षौंदेखि सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन्। भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानी गर्न समस्या भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad