ब्रुनो फर्नान्डेजको ह्याट्रिकसँगै म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टर फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार बिहान सम्पन्न खेलमा रियल सोसिडाडलाई ४–१ ले पराजित गर्दै युनाइटेड अन्तिम ८ मा प्रवेश गरेको हो।
युनाइटेडको जितमा ब्रुनोले तीन गोल र डियगो डालटले एक गोल गरे। खेलमा अग्रता भने सोसिडाडले लिएको थियो। १० औँ मिनेटमा सोसिडाडका लागि मिकेल वयर्जावालले पेनाल्टिमार्फ अग्रता दिलाएका थिए।
ब्रुनोले १६ औँ मिनेटमा बराबरी गोल फर्काए। ५० औँ मिनेटमा ब्रुनोले दोस्रो गोल गर्दै अग्रता दिलाए। उनले दुवै गोल पेनाल्टीमार्फत गरेका थिए।
८७ औँ मिनेटमा ब्रुनोले ह्याट्रिक गर्दा युनाइटेडले अग्रता दोब्बर बनायो। डालटले अतिरिक्त समयमा अर्को गोल थप्दै फराकिलो जित दिलाए।
पहिलो लेग एक एक को बराबरी भएको थियो। अब क्वार्टरफाइनलमा युनाइटेडले ओलम्पिक लिओनाइसको सामना गर्नेछ।
Shares

प्रतिक्रिया