नामिबियाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ६ विकेट गुमाएको छ। जारी खेलमा १४ ओभरमा ६ विकेट गुमाएको हो।
नेपालले जारी नारी दिवस टी-२० कपअन्तर्गत नेपाल र नामिबियासँगको खेलमा १४ ओभर खेल्दै मात्र ६६ रन बनाएको छ।
नेपालले सम्झनाकुमारी खड्कालाई पहिलो विकेटको रुपमा गुमाएको थियो। आक्रमक ब्याटिङ सुरुवात गरेकी उनी ११ बलमा १८ रन बनाउँदै आउट भइन्। दोस्रो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमायो। उनी २ बलको सामना गरेर शून्य रनमै आउट भइन्। त्यस्तै कप्तान इन्दु ११ बलको सामना गरेर जम्मा २ रन बनाएर आउट भइन्। त्यस्तै पूजा महतो पनि २० बलमा १३ रन बनाएर आउट भइन्।
त्यस्तै रोमा थापालाई १८ बलमा ९ रन बनाएको अवस्थामा नेपालले पाँचौँ विकेटको रुपमा गुमायो। छैटौँ विकेटको रुपमा रचना चौधरीलाई नेपालले शून्य रनमै गुमायो।
इन्दु बर्खाको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्।
आज नामिबियासँग खेलिरहेको नेपाली टोलीले भोलि (फागुन २५) गते युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।
Shares

प्रतिक्रिया