खेल


नामिबियाविरुद्ध नेपालको लगातार विकेट पतन

नामिबियाविरुद्ध नेपालको लगातार विकेट पतन

नेपालखबर
फागुन २४, २०८१ शनिबार १७:५६, काठमाडौँ

नामिबियाविरुद्ध टस जितेर ब्याटिङमा उत्रिएको नेपालका कुनै पनि ब्याटरहरूले खुलेर खेल्न सकेका छैनन्। जारी खेलको १५.१ ओभर सकिँदा नेपालले ७ विकेट गुमाइसकेको छ।  

नेपालले जारी नारी दिवस टी-२० कपअन्तर्गत नेपाल र नामिबि‍यासँगको खेलमा १४ ओभर खेल्दै मात्र ६८ रन बनाएको छ। 
 
युगान्डामा सुरु भएको चार देशीय महिला टी-२० श्रृङ्खलाअन्तर्गत नेपालले पहिलो खेल खेलिरहेको हो।  नेपालले कप्तान इन्दुसहित सातै खेलाडीलाई सस्तैमा गुमायो।  

नेपालले सम्झनाकुमारी खड्कालाई पहिलो विकेटको रुपमा गुमाएको थियो। आक्रमक ब्याटिङ सुरुवात गरेकी उनी ११ बलमा १८ रन बनाउँदै आउट भइन्। दोस्रो विकेटको रुपमा रुविना क्षेत्रीलाई गुमायो। उनी २ बलको सामना गरेर शून्य रनमै आउट भइन्। त्यस्तै कप्तान इन्दु ११ बलको सामना गरेर जम्मा २ रन बनाएर आउट भइन्। त्यस्तै पूजा महतो पनि २० बलमा १३ रन बनाएर आउट भइन्।  

त्यस्तै रोमा थापालाई १८ बलमा ९ रन बनाएको अवस्थामा नेपालले पाँचौँ विकेटको रुपमा गुमायो। छैटौँ विकेटको रुपमा रचना चौधरीलाई नेपालले शून्य रनमै गुमायो। सातौँ विकेटको रुपमा नेपालले एलिशाकुमारी यादवलाई शून्य रनमै गुमायो। खेलमा नामिबियाका बलरहरू हाबी देखिएका छन्।   

इन्दु बर्खाको कप्तानीमा उत्रिएको नेपाली टिममा विकेट किपर एलिशाकुमारी यादव, रिया शर्मा, सम्झना खड्का, पूजा महतो, राजमती ऐरी, कविता जोशी, रुविना क्षेत्री, रोमा थापा, रचना चौधरी र ईश्वरी विष्ट छन्। 

आज नामिबियासँग खेलिरहेको नेपाली टोलीले भोलि (फागुन २५) गते युगान्डासँग खेल्नेछ। त्यस्तै फागुन २६ गते हङकङसँग खेल्नेछ। त्यसैगरी फागुन २८ गते पुनः नामिबियासँग, २९ गते युगान्डासँग र ३० गते हङकङसँग खेल्नेछ। लिग चरणको खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले प्रतियोगिताको फाइनल भिड्नेछन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad