खेल


नयाँ प्रशिक्षक म्याटसँग प्रशिक्षण गर्न उत्साहित छौँ : कप्तान किरण

नयाँ प्रशिक्षक म्याटसँग प्रशिक्षण गर्न उत्साहित छौँ : कप्तान किरण

नेपालखबर
फागुन २१, २०८१ बुधबार १९:२०, काठमाडौँ

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले नयाँ प्रशिक्षक म्याट रससँग प्रशिक्षण गर्न आफ्नो टोली र आफू उत्साहित रहेको बताएका छन्।

नेपाली टोलीका नवनियुक्त मुख्य प्रशिक्षक म्याट रसले बुधवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एशियन कप छनोटको तयारी शुरु गरेका थिए। 

सो अवसरमा नेपालका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बूले वर्षभर खेलाडीहरू व्यस्त हुने समय आएको र साथै नयाँ प्रशिक्षकसँग प्रशिक्षण गर्न पाउँदा पनि खेलाडीहरू उत्साहित रहेको बताएका हुन्।

प्रशिक्षक म्याटसँग कुराकानीका क्रममा पनि उनी नेपालमा फुटबलप्रति लगाव देखेर धेरै उत्साहित रहेको उल्लेख गरे। कप्तान किरणले प्रशिक्षकको पनि साफ च्याम्पियनसिप जित्ने र एसियन कप छनोटमा राम्रो नतिजा ल्याउने लक्ष्य रहेको उल्लेख गरे।

टोलीमा केही नयाँ खेलाडीहरू पनि आएको र छोटो तयारी भए पनि सुखद् नतिजाको आशामा रहेको उनको भनाइ छ। प्रशिक्षक म्याटले केही उपाधिहरू भित्राउन राखेको लक्ष्यलाई सकारात्मक बनाउन आफूहरू मिहिनत गर्ने र त्यसका लागि बलिया टोलीसँग म्याच एक्सपोजर गराउन पनि आवश्यक रहेको कप्तान किरण बताउँछन्।

नेपाली टोलीका डिफेन्डर अनन्त तामाङले हरेक प्रशिक्षकसँग फरक फिलोसेपी र ट्याक्टिस हुने भएकाले नयाँ प्रशिक्षकसँग खेल्न उत्साहित रहेको बताएका छन्। 

उनले नयाँ प्रशिक्षकसँग झिज्न केही समय लाग्ने पनि उल्लेख गर्दै सकेसम्म लामो समय अवधिका लागि प्रशिक्षक रहँदा टोलीका लागि सहज हुने प्रतिक्रिया दिए। 

उनले होम ग्राउन्डमा खेल्न पाउँदा धेरै खुशी लाग्ने भए पनि परिस्थितिवस् देश बाहिर खेल्नु परेको बताए। यद्यपि, आगामी खेल भने घरेलु मैदानमा नै खेल्न पाउने आशामा उनी छन्।

एशिया कप छनोटमा नेपाल समूह ‘एफ’ मा छ। यस समूहमा बलियो भियतनामसँगै लाओस र मलेसिया छन्। भियतनाम सन् २०१९ मा एसियन कपको क्वार्टरफाइनलसम्म पुगेको थियो। एउटा टोली छनोट हुने यस समूहमा नेपालका प्रशिक्षक म्याटले सुखद् नतिजा दिने लक्ष्य राखेका छन्।

प्रशिक्षक म्याट रसले देशका उत्कृष्ट खेलाडीसँग मैदानमा काम गर्न उत्साहित रहेको र उनीहरूसँग काम गर्न पाउँदा खुसी रहेको बताए। उनले बलमा पोजिसन राख्न काम गर्ने र बल विपक्षीमा हुँदा सोही अनुरूप इनटेन्सिपका साथ खेल्ने तयारी गर्ने बताए। उनले धेरै खेलाडी बाहिर जाँदा युवा खेलाडीका लागि अवसर रहेको पनि बताएका छन्।

उनको प्रशिक्षणमा नेपालले मैत्रीपूर्ण खेलपछि एशियन कपको छनोट खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad