घरेलु मैदानमा जारी फोर नेसन्स अन्तराष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गतको फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपाल र म्यानमार दुवै टोलीले गोल गर्न सकेनन्।
खेलमा म्यानमार र नेपाल दुवै टोलीले गोल गर्ने उत्कृष्ट अवसर सृजना गरे पनि अग्रता लिन भने सकेनन्।
पहिलो हाफको २४औँ मिनेटमा सान थ थ को शसक्त प्रहार नेपाली डिफेन्डर विमला विकले गोल लाइनबाट उत्कृष्ट बचाउ गरिन्।
खेलको ३५ औँ मिनेटमा साम्बाको हेडर गोलरक्षकले क्लियर गरिन् त्यसकै रिवाउण्डमा रेखा पौडेल र सविता रानामगरको प्रहार म्यानमारका डिफेन्डरले क्लियर गर्दा नेपालले अग्रता बनाउने सुन्दर मौका खेल फाल्यो।
पहिलो हाफमा नेपालले गोल गर्ने उत्कृष्ट अवसर सृजना गरे पनि म्यानमारको डिफेन्सिभ लाइन तोड्न सर्घष गरिरहेको छ।
Shares

प्रतिक्रिया