नेकपा एकीकृत समाजवादीले आन्दोलनको विस्तृत कार्ययोजना तयार पार्न कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले महासचिव घनश्याम भुसालको संयोजकत्वमा ८ सदस्यीय आन्दोलन परिचालन तयारी कार्यदल बनाउने निर्णय गरेको हो।
भुसालको नेतृत्वमा रहेको कार्यदलको सदस्यमा मेटमणि चौधरी, रामकुमार भट्टराई, शेरबहादुर कुँवर, सावित्रा भुसाल, जीवनराम श्रेष्ठ, विजय पौडेल र रामकुमारी झाँक्री छन्।
कार्यदललाई पार्टीको केन्द्रीय कमिटीद्वारा घोषित आन्दोलनको कार्य योजना बनाउन जिम्मेवारी दिइएको छ।
त्यस्तै बैठकले केन्द्रीय कमिटीबाट पारित भएका दस्ताबेज, सङ्गठनलगायत विषयहरूमा आएका सुझावलाई समेटी अन्तिम रूप दिन वरिष्ठ नेता बेदुराम भुसालको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गर्ने निर्णय पनि गरेको छ।
Shares

प्रतिक्रिया