काठमाडौँ रेजर्स एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि रोहन कार्कीलाई मार्की खेलाडी घोषणा गरेको छ।
क्लबले आज (शुक्रबार) एक विज्ञप्ति जारी गर्दै रोहनलाई मार्की खेलाडीमा अनुबन्ध गरेको जानकारी दिएको हो।
रोहनले कात्तिकमा ताजकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका थिए। काठमाडौँले नयाँ खेलाडीलाई मौका दिने उद्देश्यले रोहनलाई मार्की खेलाडीमा अनुबन्ध गरेको जानकारी दिएको छ।
काठमाडौँले यसअघि तीन खेलाडीलाई ‘रिटेन’ गरेको छ। काठमाडौँले क्याटोगोरी ‘ए’ बाट दिपेश गुरुङलाई रिटेन गरेको हो। यस्तै, क्याटोगोरी ‘बी’बाट अभिषेक बराल र कुलदिप कार्कीलाई रिटेन गरेको छ।
171
Shares

प्रतिक्रिया