राजनीति


ओलीमाथि नेपालको टिप्पणी : संविधान मिच्‍न बानी परेकाहरू कानुन मिच्‍‍न अग्रसर छन्

ओलीमाथि नेपालको टिप्पणी : संविधान मिच्‍न बानी परेकाहरू कानुन मिच्‍‍न अग्रसर छन्

नेपालखबर
फागुन ९, २०८१ शुक्रबार १३:३७, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कांग्रेस–एमाले नेतृत्वको सरकारले बहुदलीय लोकतन्त्रलाई चुनौति दिँदै दुई दलीय शासन व्यवस्था अघि बढाउन खोजेको आरोप लगाएका छन्।  शुक्रबार पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै नेपालले सरकार दुई दलीय व्यवस्थाको नाममा एकदलीय तानाशाही व्यवस्था लागू गर्न खोजेको आरोप लगाएका हुन्। 

‘हाम्रो देशमा अहिले जुन सरकारले शासन गरिरहेको छ त्यो बहुदलीय लोकतन्त्रको मान्यतालाई चुनौति दिँदै दुईदलीय साशन व्यवस्थालाई अघि बढाउन खोजिरहेको छ । दुई दलीयको नाममा एकदलीय तानाशाही लाग्ने सोचभन्दा त्यो भिन्न कुरा छैन, ' उनले भने, 'यी सबै कुराहरूको सन्दर्भमा साना दलहरूलाई समाप्त पार्ने, प्रतिस्पर्धी दलहरूलाई समाप्त पार्ने र अनेक किसिमका नियन्त्रणका तौर तरिका अपनाएर सिंगो देशमा तानाशाही लागू गर्ने कुचेष्टा गरिरहेको छ। संविधानलाई मिच्ने बानि परिसकेका व्यक्तिहरू कानुन मिच्न पनि त्यत्ति नै अग्रसर भएका छन्। संसदको नियम र नियमावलीलाई मिच्नेदेखि लिएर विधि विधानलाई बेवास्ता गर्ने काम गरिरहको छन्।'

सरकारमा भएकाहरू आलोचकहरूको घाँटी निमोठ्न अग्रसर भइरहेको नेपालको आरोप छ। 'आफ्ना आलोचक कोही छन् भने तिनिहरूको घाँटी निमोठ्ने काममा अग्रसर भइरहेका छन्। देशको समस्याप्रति कुनै वास्ता छैन,' उनले भने, 'जनताको समस्याप्रति कुनै चासो छैन । देश विकासप्रति कुनै गम्भिरता छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad