काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत बिहीबारको पहिलो खेलको पहिलो हाफमा किर्गिस्तानविरुद्ध म्यानमारले फराकिलो अग्रता बनाएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिँदा म्यानमारले किर्गिस्तानविरुद्ध ४–० को अग्रता बनाएको हो।
खेलको दोस्रो मिनेटमा नै कप्तान सन्दार लिनको उत्कृष्ट क्रसमा योन वाडी लाङको गोलमा म्यानमारले सुरुवाती अग्रता बनाएको थियो।
नवौँ मिनेटमा किर्गिस्तानकी एलिखान टर्मसको प्रहार म्यानमारकी गोलरक्षकले पन्च गर्दै जोगाईन्।
खेलको ३० औँ मिनेटमा सान्दार लिनको गोलमा म्यानमारले अग्रता दोब्बर पार्यो। लिनको प्रहारलाई किर्गिस्तानकी गोलरक्षक र डिफेन्डरले जोगाउने मौका पाएनन्।
खेलको ३६ औँ मिनेटमा योन वाडीको लाको पासमा मे हेथे लुको हेडर गोलमा म्यानमारले ३–० को अग्रता बनायो।
एकपक्षीय खेलको ४१ औँ मिनेटमा युन वाडी हिलाङले गोल गर्दै म्यानमारलाई ४–० को अवस्थामा ल्याईन्। डिबक्स भित्रबाट गरेको उनको प्रहार क्रसबारमा लाग्दै गोलमा परिणत भएको थियो।
Shares

प्रतिक्रिया