कारोबार


३ अंकले बढेर बन्द सेयरबजारमा यी कम्पनीका लगानीकर्ताले कमाए

३ अंकले बढेर बन्द सेयरबजारमा यी कम्पनीका लगानीकर्ताले कमाए

नेपालखबर
फागुन ८, २०८१ बिहिबार १५:१३, काठमाडौँ

सेयरबजार कारोबारको अन्तिम समयमा बढेर बन्द भएको छ। 

अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से ३.१४ अंकले बढेर २७४३.७४ विन्दुमा रोकिएको हो। 

०.११ प्रतिशतले बढेको बजारमा ८ अर्ब ६२ करोड ७६ लाखको सेयर कारोबार भयो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड ५६ लाख कित्ता सेयर बिक्रीपछि उक्त परिमाणको कारोबार भएको हो। 

लगानीकर्ताहरुले आज नेपाल पुनर्बीमा कम्पनीको मात्रै ६५ करोड ६६ लाख रुपैयाँको कारोबार गरे।

त्यसैगरी हिमालय रिइन्स्योरेन्सको ३८ करोडको सेयर किनबेच गरेका उनीहरुले सीईडीबी होल्डिंग्सको ३६ करोड, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २२ करोड र नारायणी डेभलपमेन्ट बैंकको १९ करोडको सेयर कारोबार गरे। 

योसँगै बजारमा बिहीबार ८१ वटा सेयर बढ्यो भने १५८ वटाको मूल्य घट्यो। ५ वटाको भने अघिल्लो मूल्यमै कारोबार भयो। 

आजको कारोबारबाट गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी अर्थात् ९.९९ प्रतिशत कमाए। सो दरमा मूल्य बढेपछि उनीहरुले प्रतिकित्ता नै ६४.४० रुपैयाँ कमाएका हुन्। 

यसबाहेक विन नेपाल लघुवित्तको सेयर पनि आज ९.६९ प्रतिशतले बढ्दा आज सेयर बिक्री गर्ने लगानीकर्ताको हातमा प्रतिकित्ता ३४९.१० रुपैयाँ प्रतिकित्ता आम्दानी प¥यो। त्यसैगरी हकप्रद सेयर निष्काशनको तयारीमा रहेको अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पनि आज ९.१४ प्रतिशत कमाएका छन्। उनीहरुले प्रतिकित्ता ७९.८० रुपैयाँ कमाए। 

त्यसैगरी लक्ष्मी लघुवित्तका सेयरधनीले प्रतिकित्ता १०२ रुपैयाँ र उपकार लघुवित्तका सेयरधनीले ४०१ रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। 

तर वाराही हाइड्रोपावरका लगानीकर्ताले भने १०४ रुपैयाँ प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। कम्पनीको सेयर ८.३५ प्रतिशतले घटेको हो। यसबाहेक अन्य कम्पनीको अधिकतम ७.७० प्रतिशतसम्म सेयर मूल्य घट्न पुगेको छ। 

अन्तिम कारोबार दिन व्यापार ३.७७ प्रतिशत, जीवन बीमा सूचक २.४२ प्रतिशत, निर्जीवन बीमा ०.६४ प्रतिशत र अन्य ०.५७ प्रतिशतले बढेपछि सेयरबजार परिसूचक हरियो रहन मद्दत मिल्यो। बाँकी उपसूचकहरु भने राताम्य रहे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad