प्रेम सम्बन्धमा रहेका बेला खिचिएका युवतीका व्यक्तिगत भिडिओ र तस्बिर आफन्तलाई म्यासेन्जरमा पठाई चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोले उदयपुरका युवकलाई पक्राउ गरी काठमाडौँ ल्याएको छ।
पीडित महिलाले साइबर ब्युरोमा दिएको निवेदनका आधारमा प्रहरीले उदयपुरको लिम्चुङ्बुङ गाउँपालिका-४ स्थायी ठेगाना भएका ३१ वर्षीय विश्वराज राईलाई पक्राउ गरेको हो।
बिहीबार पक्राउ गरिएका राईलाई शुक्रबार काठमाडौँ जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्ने अनुमति प्राप्त भएको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।
राईलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
357
Shares

प्रतिक्रिया