थाइल्यान्डविरुद्ध खेलिरहेको नेपालले पहिलो ओभरको चौथो बलमै विकेट गुमाएको छ।
१०७ रनको लक्ष्य दिएको थाइल्यान्डविरुद्ध ब्याटिङ सुरु गरेको नेपालले पहिलो ओभरमै विकेट गुमाएको हो।
कीर्तिपुरमा जारी नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ–सिरिजको छैठौँ खेल अहिले भइरहेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डका लागिनताया बुचाथामले १०, अफिसरा सुवान्चोन्राठीले १७, नानापात कोन्चारोएन्कीले १९, थिपाचा पुथावङले २५ र चानिदा सुथिरुआङले २७ रन बनाएका थिए।
नाथाकान चान्थाम र कप्तान नारुएमोल चवाईलाई शून्य रनमै गुमाएको थाइल्यान्डका लागि फनिता मायाले १ रन बनाइन्। नेपालले अतिरिक्त ७ रन दिएपछि थाइल्यान्डले ६ विकेट गुमाएर १०६ रन बनाएको थियो।
नेपाली बलर मनिषा उपाध्यायले ३ विकेट लिइन्। उनीबाहेक पूजा महतो र रचना चौधरीले समान १ विकेट लिए।
दोस्रो ओभर जारी रहँदा नेपालले ममता चौधरीलाई शून्य रनमै गुमाएर खेलिरहेको छ। नेपालकी सम्झना खड्का र इन्दु बर्मा क्रिजमा छन्।
Shares

प्रतिक्रिया