खेल


आहा रारा गोल्डकप: उद्घाटन खेल सहारा र पुलिस क्लबबीच हुने

१२ टोली सहभागी खेलका विजेताले १२ लाख पाउने
आहा रारा गोल्डकप: उद्घाटन खेल सहारा र पुलिस क्लबबीच  हुने

नेपालखबर
माघ २०, २०८१ आइतबार १०:५७, पाेखरा

आगामी मंगलबारदेखि पोखरामा सुरु हुने २४ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। 

आयोजक सहारा क्लबले आइतबार बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। 

कार्यक्रममा प्रतियोगिताको ट्रफी र जर्सी सार्वजिनक गरिएको छ। प्रतियोगिता मंगलबारदेखि पोखरा रंगशालामा सुरु हुनेछ।
 
प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नेपाल पुलिस क्लब भिड्नेछन्।

१२ टोली सहभागी हुने प्रतियोगितामा उज्वेकिस्तानको ब्ल्याक बुल्ससहित ‘ए’ डिभिजन टोलीका साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, थ्री स्टार क्लब, मछिन्द्र, एनआरटी, चर्च ब्वाइज, संकटा क्लब, र नेपाल पुलिस क्लब छन्।
 
साथै आयोजना सहारा, एपीएफ, बिग्रेड ब्वाइज युके र भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाइटेडले पनि प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको यो संस्करणमा मनाङ मर्स्याङदी क्लब भने सहभागी हुने छैन। मनाङ ७ पटकको उपाधि विजेता टोली हो। 

प्रतियोगिताको विजेताले १२ लाख १ हजार तथा उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

प्रतियोगितामा प्रिक्वार्टरफाईनलका खेल हेर्न साधारणतर्फ  १ सय र भीआईपीतर्फ २ सय रुपैयाँ टिकटदर तोकिएको छ।

सेमिफाइनलमा साधारणतर्फ दुईसय  र भीआईपीतर्फ चारसय रुपैयाँ लाग्नेछ। 

फाइनलका दिन साधारणतर्फ तीनसय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए। 

प्रतियोगिताबाट बचत रकम क्लबबाट संचालित सूर्यबहादुर केसी एकेडेमीमा रहेका अनाथ बालबालिकाका लागि खर्च गरिने आयोजकले जनाएको छ। 

प्रतियोगिता माघ २२ देखि फागुन ३ गतेसम्म चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad