खेल


इङ्ग्ल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकप क्रिकेटको फाइनलमा

इङ्ग्ल्यान्डलाई हराउँदै भारत यू-१९ महिला विश्वकप क्रिकेटको फाइनलमा

नेपालखबर
माघ १८, २०८१ शुक्रबार २०:४१, काठमाडौँ

सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई हराउँदै भारत आईसीसी अन्डर-१९ महिला टी-२० विश्वकपको फाइनलमा पुगेको छ।

शुक्रबार मलेसियाको क्वालालम्पुरमा खेलिएको सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई ९ विकेटले हराएको हो।

पहिले ब्याटिङ गर्दै इङ्ग्ल्यान्डको टोलीले भारतीय टोलीलाई २० ओभरमा ११४ रनको लक्ष्य दिएको थियो। त्यसपछि भारतीय टोलीले ५ ओभर बाँकी रहँदा यो लक्ष्य हासिल गर्‍यो। 

भारतका लागि पारुनिका सिसोदिया र वैष्णवी शर्माले तीन-तीन विकेट लिए।

कमलिनीले भारतीय टोलीका लागि ब्याटिङमा सर्वाधिक ५६ रन बनाएकी छन्।

अब भारत फेब्रुअरी २ मा हुने फाइनलमा दक्षिण अफ्रिकासँग भिड्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad