खेल


इङ्लिस प्रिमियर लिग: लिभरपुलको फराकिलो अग्रता

इङ्लिस प्रिमियर लिग: लिभरपुलको फराकिलो अग्रता

नेपालखबर
माघ १३, २०८१ आइतबार ७:२१, काठमाडौँ

कोडी गाक्पोको दुई गोल मद्दतमा लिभरपुलले इङलिस प्रिमियर लिगको शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ। 

शनिबार राति लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा इसविच टाउनमाथि ४–१ को फराकिलो जित निकालेको हो। 

लिभरपुलको जितमा गाक्पोले दुई तथा डोमिनी र मोहम्मद सलाहले समान एक गोल गरे। 

पहिलो हाफमा नै ३–० को आरामदायी अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्‍याे। इसविचका लागि ग्रेभ्सले अन्तिम समयमा शान्त्वना गोल फर्काए। 

जितसँगै लिभरपुलले शीर्ष स्थानमा ६ अंकको अग्रता कायम गरेको छ। लिगको २२ मध्य १६ खेलमा जित, ५ खेलमा बराबरी र १ खेलमा हार भोग्दै लिभरपुलले ५३ अंक बनाएको छ। 

लिभरपुलभन्दा एक खेल बढी खेलेको इसविच टाउन भने १६ अंकमा रेलिगेसन क्षेत्रमा छ। 

इसविचले लिगको २३ खेलमा ३ खेलमा मात्र जित निकालेको छ। ७ खेलमा बराबरी र १३ खेलमा हार भोग्दै १६ अंक भएको इसविच तालिकाको १८ औँ स्थानमा छ। रेलिगेसनबाट जोगिन टाउन अंक तालिका सुधारका लागि संघर्ष गरिरहेको छ। 

गएराति भएकै अर्को खेलमा आर्सनलले वुल्भ्समाथि १–० को संर्घषपुर्ण जित निकालेको छ। लिभरपुलभन्दा एक खेल बढी खेलेको आर्सनल ४७ अंकमा तालिकाको दोस्रो स्थानमा छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad