खेल


चेल्सीविरुद्ध साविक विजेता सिटीको जित

चेल्सीविरुद्ध साविक विजेता सिटीको जित

नेपालखबर
माघ १३, २०८१ आइतबार ७:३८, काठमाडौँ

इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ।

इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोल अन्तरले जितेको हो।

सिटीको जितमा जोस्को ग्भार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले एक/एक गोल गरे। 

चेल्सीमाथिको जितसँगै सिटी अंक तालिकाको शीर्ष चारमा फर्किएको छ। 

लिगमा २३ खेलबाट ४१ अंक बनाएको सिटीले १२ खेलमा जित, १५ खेलमा बराबरी र ६ खेलमा हार भोगेको छ। 

समान ४१ अंक नै भएको न्युक्यासलले उस्तै नतिजामा अंक तालिकाको पाँचौँ स्थानमा छ। यी दुई टोली शीर्ष पाँचमा अटाउन सर्घष गर्दै छन्।

समान खेलबाट ४० अंक भएको चेल्सी भने छैटौँ स्थानमा छ। 

गएराति नै भएको खेलमा न्यु क्यासलले भने साउथहेप्टनलाई ३–१ ले हराएको थियो।

अर्को खेलमा वर्नमाउथले नटिङघम फरेस्टलाई ५–० ले तथा एभर्टनले ब्राइटनलाई १–० ले पाखा लगायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad