खेल


यू १९ विश्वकप : नेपाल स्कटल्यान्डसँग पनि पराजित, सुपर ६ को सम्भावना न्यून

यू १९ विश्वकप : नेपाल स्कटल्यान्डसँग पनि पराजित, सुपर ६ को सम्भावना न्यून

नेपालखबर
माघ ७, २०८१ सोमबार १५:२४, काठमाडौँ

मलेसियामा जारी यू-१९ टी २० महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। सोमबार सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग १ विकेटले पराजित भएको हो। 

नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले ९ विकेटको क्षतिमा ८ बल अघि नै पूरा गर्यो। समूहको निर्णयक खेलमा स्कटल्यान्डविरुद्ध नेपाल जित नजिक पुगेको थियो। तर अन्तिमक्रमका ब्याटरले स्कटल्यान्डलाई सम्हाले। 

टोलीले ५६ रन बनाउँदा पिप्पा स्प्रुल आउट भएसँगै स्कटल्यान्डको इनिङ धरासायी बनेको थियो। त्यसअघि बाँकी ७ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकि पेबेलियन फर्किएका थिए। 

विकेट किप्पर समेत रहेकी पिप्पाले ३५ रनको योगदान गरिन्। तर नवौं क्रममा आएकी गेब्रिएला फन्टेनलाले नटआउट १२ रन बनाउँदै जित दिलाइन्। उनलाई अन्तिम क्रमकी क्रिस्टी म्याकुलले ६ रन बनाउँदै साथ दिइन्। बाँकीले ५ रन माथी रन बनाउन सकेनन्। 

नेपालका लागि रचना चौधरी र सीमाना केसीले समान २ विकेट लिए। कप्तान पूजा महतो र कृष्मा गुरुङको नाममा एक एक विकेट रह्यो। बाँकी ३ विकेट नेपालले रनआउट गराएको थियो। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपाल अन्तिम ७ बल अघि नै अलआउट हुँदै ७३ रनमा समेटिएको थियो। 
 
नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक २७ रन बनाइन्। साबित्री धामीले १० रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

ओपनर साना प्रभीन १ रनमा आउट हुँदा ज्योत्स्निका मरासिनी र किरण कुँवरले समान ४ रन बनाए। सीमाना केसी १, एलिसा यादव ३ र रिया शर्मा २ रन बनाउँदै आउट भए। रचना चौधरी शून्य रनमै आउट हुँदा अनु कडायत ५ रनमा नटआउट रहिन्। 

स्कटल्यान्डका लागि मइसी मसेइराले ५ विकेट लिइन्। अमेली बाल्डी र नयमा सेखले समान २ विकेट तथा क्रिस्टी मक्कुलले एक विकेट लिइन्।

पहिलो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल सुपर ६ मा पुग्न अन्तिम खेलमा जित्नै पर्छ। अष्ट्रेलियाविरुद्धको उक्त खेल झनै कठिन हुनेछ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad