समाज


रविलाई भन्दा छविलाई १० लाख कम धरौटी माग, आजै रिहा हुने तयारी

रविलाई भन्दा छविलाई १० लाख कम धरौटी माग, आजै रिहा हुने तयारी

नेपालखबर
माघ ७, २०८१ सोमबार १५:३०, काठमाडौँ

नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले जोशीसँग ५० लाख धरौटी माग गर्ने आदेश गरेको हो। अदालतले माग गरेको धरौटीबापत बैंक ग्यारेन्टी राखेर रिहा हुने उनको तयारी छ।

यसअघि रवि लामिछानेलाई यही मुद्दामा ६० लाख धरौटी माग गरेको थियो। अभियोग पत्रमा रविलाई ५ करोड ८ लाख र छविलाई ५ करोड ७८ लाख बिगो कायम गरिएको थियो।

अदालतमा अभियोग पत्र दायर भएको एकसातापछि जोशी आइतबार जिल्ला अदालत काठमाडौँमा आफै उपस्थित भएका थिए। आइतबार नै उनको बयान गराइएको थियो।

तर बहसस नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो।

छविलाल जोशी सूर्यदर्शन सहकारी ठगीको अभियोगमा कास्की अदालतबाट ८८ लाख धरौटीमा रिहा भएका थिए।

रवि र छविविरुद्ध आइतबार जिल्ला अदालत रुपन्देहीमा पनि सुप्रिम सहकारी ठगीमा मुद्दा दायर भएको छ। त्यहाँ पनि दुवैलाई चार करोड बढी बिगो माग गरिएको छ। सहारा चितवनको पनि मुद्दा अनुसन्धान सकिएको छ।

सरकारी वकिलको कार्यालयले अभियोग पत्र दायर गर्न बाँकी छ। उनीहरुविरुद्ध पर्साको सानोपाइला सहकारी ठगीमा पनि अनुसन्धान भइरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad