विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रासको कारण चीनमा सन् २०२१ मा हुने भनिएको फिफा क्लब विश्वकप फुटबल स्थगित भएको छ।
पहिलो पटक २४ टिम सहभागी हुने भनिएको क्लब विश्वकप स्थगित गरेको फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ।
क्लब विश्वकपको नयाँ मिति कोरोनाको प्रकोपको परिस्थिति हेरेर निर्णय गरिने फिफाले जनाएको छ। स्थगित क्लब विश्वकप २०२२ र २०२३ मा गरिनेछ। कोरोना भाइरसको कारण युरोकप फुटबल र कोपा अमेरिका फुटबल समेत एक वर्ष पछि सरिसकेको छ।
फिफाले विश्व स्वास्थ्य संगठनको कोभिड–१९ सोलिडारिटी रेस्पोन्स फन्ड कोषका लागि १० करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया