कोरोना भाइरसले विश्वका अधिकांश देशलाई रक्षात्मक अवस्थामा पुर्याएको छ। विश्व शक्ति अमेरिका र युरोपेली मुलुकहरु यतिबेला कोरोना संक्रमणका बच्न सम्पूर्ण शक्ति केन्द्रित गरेर रणनीति बनाइरहेका छन्। तापनि कोरोना फैलनबाट रोक्न सफल भइरहेका छैनन्।
यो भाइरसका कारण अहिलेसम्म विश्वभरिका ८ हजार ५७३ जनाले ज्यान गुमाएका छन्। २ लाखभन्दा बढी संक्रमित छन्।
नेपालको दक्षिणी छिमेकी भारत कोरोनाबाट रक्षात्मक बनेको छ। नेपाल एउटा सिंगो राष्ट्र र बिहार भारतको एउटा प्रदेश मात्र हो। कोरोनाको विषयमा नेपालसँग सीमा जोडिएको भारतीय प्रदेश बिहार र नेपालबीच केही समान तथ्य देखिन्छन्:
१. छैनन् कोरोना संक्रमित: नेपालमा अहिलेसम्म कोरोना संक्रमित व्यक्ति छैनन्। एक जनामा केही अगाडि कोरोना भाइरस पोजेटिभ देखिए पनि उनी उपचारपछि निको भएर फर्किइसकेका छन्। बिहारमा अहिलेसम्म ७० जनाको स्याम्पल टेस्ट गरिए पनि कोराना संक्रमित भेटिएको छैन। नेपालमा ५२९ जनाको टेस्ट गरिए पनि अहिलेसम्म संक्रमित भेटिएका छैनन्।
२. ल्याब अभाव: कोरोना भाइरसको पहिचानका लागि ल्याब टेस्ट महत्वपूर्ण पक्ष हो। नेपालभरि ७७ जिल्ला र करिब ३ करोड जनसंख्या छ। कोरोना भाइरस भए नभएको टेस्ट गर्ने ल्याब भने काठमाडौंमा एउटा मात्र छ। अन्य जिल्लाबाट स्याम्पल काठमाडौंको टेकूस्थित ल्याब पठाएर टेस्ट गरिन्छ। १० करोड जनसंख्या भएको प्रदेश बिहारमा कोरोना भाइरसको टेस्ट गर्न ल्याब नै छैन। स्याम्पल टेस्टका लागि बिहारमा पनि नेपालको जस्तै विधि अपनाउने गरिन्छ। त्यहाँ स्याम्पल कोलकाता पठाएर टेस्ट गरिँदै आइएको छ। बीबीसी हिन्दीसँग कुराकानी गर्दै बिहारका डाक्टर अरुण शाह भन्छन्, ‘यहाँ मान्छेले कोरोनालाई उपेक्षा गरिरहेका छन्। जनतामा त्रास छ। केवल स्कूल, कलेज बन्द गर्नु, भेला रद्द गर्नु मात्र काफी छैन। सबैभन्दा जरुरी भाइरस संक्रमण भए नभएको थाहा पाउनु हो।’

यो पनि:कोरोनाविरुद्धको चिनियाँ कदमबाट अरु देशले के सिक्ने?
कोरोना संक्रमितका लागि भरतपुरमा ७२ घण्टामै अस्पताल तयार, भोलिदेखि सञ्चालन

प्रतिक्रिया