नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पराजित भएपछि सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमटाले पावर प्लेमा जनकपुर बोल्ट्सले बटुलेको रनले नै खेलको नतिजामा प्रभाव परेको बताएका छन्।
खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक टमटाले समग्रमा राम्रै क्रिकेट खेले पनि विपक्षीले पावर प्ले जोडेको रनले नै खेलमा प्रभाव परेको उल्लेख गरेका हुन्।
साथै उनले आफ्नो टोलीले पहिलो विकेटका लागि राम्रो ब्याटिङ गर्दै राम्रो सुरुवात गरेअनुरूप १०-१५ रन कम भएको पनि बताएका छन्।
विकेट पनि हुँदा राम्रो सुरुआत भए पनि त्यसलाई ठूलो योगफल बनाउन नसकिएको प्रशिक्षक टमटा उल्लेख गरे। पावर प्लेमा दुई ओभर मेडन हुनु र अन्तिम ओभरतिर राम्रो रन बन्न नसक्नु खराब पक्ष रहेको उनको बुझाइ छ।
प्रतियोगिताभरजस्तै फाइनलमा पनि राम्रो क्रिकेट खेले पनि आज आफ्नो टोलीका लागि खराब दिन बनेको प्रशिक्षक जगत बताउँछन्।
प्रशिक्षक टमटाले आफूहरूले भन्दा जनकपुरले राम्रो क्रिकेट खेल्दा उपाधिको हकदार बनेको बताएका छन्। घरेलु र उमेर समूहका क्रिकेटरले एनपीएलमा राम्रो क्रिकेट खेलेकाले नेपाली क्रिकेटका लागि यो सुखद पक्ष रहेको उनको बुझाइ छ।
Shares

प्रतिक्रिया