कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट ल्याएका विपिन शर्मा नेपाल प्रिमियर लिगमा ‘इमर्जिङ प्लेयर’ बनेका छन्।
१६ वर्ष उमेर मात्र भएका उनले प्रेसिडेन्सियल ग्राजुएट स्कुलबाट १० लाख रुपैयाँको छात्रवृत्ति पाएका छन्।
विपिनले एनपीएलमा खेलेका आठैवटा खेलमा विकेट लिए। उनले चितवन राइनोजविरुद्ध लिगचरणमा र क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध समान ३ विकेट लिएका थिए।
विराटनगर किंग्सविरुद्ध २ विकेट लिएका उनले काठमान्डु गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र एलिमिनेटरमा चितवनविरुद्ध समान १ विकेट लिएका थिए।
ट्यालेन्ट हन्टबाट आएकामध्ये सबैभन्दा धेरै खेल खेल्नै पनि विपिन नै हुन्। उनी कर्णाली याक्सको एक मात्र खेलमा टोलीमा परेनन्।
लिग चरणमा जनकपुरविरुद्धको खेलमा उनलाई कर्णालीले खेलाएको थिएन। बाँकी सबैमा उनले खेले र कुनै पनि खेलमा बढी रन पनि खर्चिएनन्।
यसअघि उनले यू१९ क्रिकेट पनि कर्णालीबाटै खेलेका थिए। त्यतिबेला दुई खेलमा ८ विकेट लिएका थिए।
Shares

प्रतिक्रिया