नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायर खेलमा कर्णाली याक्सका जयकिशन कोल्सावालालाई जनकपुर बोल्ट्सका ललित राजवंशीले आउट गरेका छन्।
दोस्रो ओभरमा बलिङ गर्न आएका राजवंशीले पहिलो बलमै उनको विकेट लिएका हुन्। अघिल्लो खेलमा चितवन राइनोजविरुद्ध कोल्सावालाले अर्धशतक हानेका थिए।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले कर्णालीविरुद्ध फिल्डिङ गरिरहेको छ। यो खेलमा जित्ने टोली एनपीएलको फाइलनमा पुग्नेछ।
171
Shares

प्रतिक्रिया