नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायर खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सले टस जितेर पहिले फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ८ विकेटले पराजित भएपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्न लागेको हो।
कर्णालीले भने एलिमिनेटर खेलमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
दोस्रो क्वालिफायरमा दुबै टोलीले एक/एक खेलाडी परिवर्तन गरेका छन्।
जनकपुरले अरनिको यादवको स्थानमा मयन यादवलाई टोलीमा स्थान दिएको छ भने कर्णाली याक्सले रित गौतमको स्थानमा युनिस विक्रम सिंह ठकुरीलाई सुरुवाती ११ मा समावेश गरेको छ।
जनकपुर बोल्ट्सः
आशिफ शेख, शुभ कंसाकार, किशोर महतो, शेर मल्ल, ललित राजवंशी, मयन यादव, आकाश त्रिपाठी, जेम्स निसम, मोहम्मद मोहसिन, लाहिरु मिलान्था, हर्ष ठाकेर।
कर्णाली याक्सः
सोमपाल कामी, नन्दन यादव, युनिस विक्रम सिंह ठकुरी, अर्जुन घर्ती, देव खनाल, गुल्सन झा, विपिनप्रसाद शर्मा, चान्डविक वाल्टन, जिसन मक्सुद, विलियम बसिस्टो, जयकिसन कोल्सावाला।
Shares

प्रतिक्रिया