समाज


५ डिग्री सेल्सियसमा उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

५ डिग्री सेल्सियसमा उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

नेपालखबर
पुस ३, २०८१ बुधबार १०:३६, काठमाडौँ

दुई/तीन दिनयता बढिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ५ डिग्री सेल्सियसमा उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार हिजो मंगलबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो।

गत मंसिर २९ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यो वर्षअन्तर्गत अहिलेसम्मकै कम २ डिग्री सेल्सियसमा झरेको थियो।

तर मंसिर ३० गतेयता निरन्तर बढ्दै आज ५ डिग्री सेल्सियसमा उक्लिएको हो। 

राति आकाशमा बादल लाग्यो, बिहानीपख पूर्वी हावा चल्यो भने न्यूनतम तापक्रम बढ्ने मौसमविद् बताउँछन्। 

मौसमविद्का अनुसार न्यूनतम तापक्रम बढ्दा बिहान चिसो केही कम हुन्छ। 

हेर्नुहोस् देशभरको तापक्रम विवरण (नोटः न्यूनतम आजैका हुन् भने अधिकतम तापक्रम हिजोका)

२४ घण्टामा सबैभन्दा कममा झरेको तापक्रमलाई न्यूनतम र सबैभन्दा माथि जतिसम्म उक्लिन्छ, त्यसलाई अधिकतम तापक्रम भनिन्छ।

सामान्यतया हरेक दिन न्यूनतम बिहान ८:४५ बजे र अधिकतम तापक्रम ५:४५ बजे मापन हुन्छ। यसैले आजको अधिकतम तापक्रम भने साँझ आउनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad