खेल


एलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा

एलिमिनेटर खेलमा चितवनविरुद्ध कर्णाली पहिले ब्याटिङमा

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८१ बुधबार ९:०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटर खेलमा चितवन राइनोजविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि कर्णालीले ब्याटिङ गर्ने भएको हो। 

यो खेलको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। पराजित टोली भने प्लेअफबाटै बाहिरिनेछ।  

यसअघि लिग चरणमा भएको भेटमा कर्णाली याक्सलाई चितवनले ९ विकेटले हराएको थियो।

चितवन आजको खेलमा सोही नतिजा दोहोर्‍याउने योजनामा हुनेछ।

कर्णाली भने बदला लिँदै क्वालिफायर्समा स्थान बनाउने दाउमा हुनेछ। 

आजै दिउँसो १ बजे पहिलो क्वालिफायर्स खेल हुँदै छ। 

जसमा शीर्ष स्थानको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानको जनकपुर बोल्ट्स भिड्दै छन्। 

यसमा विजयी टोली सिधै फाइनलमा पुग्नेछ भने हार्ने टिमले फाइनल पुग्नका लागि अर्को एक मौका पाउनेछ। 

दोस्रो क्वालिफायर्समा पहिलो क्वालिफायर्समा पराजित टोली र एलिमिनेटरको विजेता टोली भिड्नेछन्।

बिहीबार हुने यस खेलमा विजयी फाइनलमा प्रवेश गर्नेछ। 

फाइनल खेल शनिबार हुनेछ। 

पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।

यो पुरस्कार रकम नेपाली खेलकुदमा अहिलेसम्मको सर्वाधिक पुरस्कार राशि हो। 

एनपीएलको उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो स्थानमा रहने टोलीले २५ लाख र चौथो स्थानमा रहने टोलीले १५ लाख रुपैयाँ पाउने नेपाल क्रिक्रेट संघ (क्यान) ले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad