खेल


नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा, विजेताले १ करोड १० लाख पाउने

नेपाल प्रिमियर लिगको पुरस्कार राशि घोषणा, विजेताले १ करोड १० लाख पाउने

नेपालखबर
पुस २, २०८१ मंगलबार १५:१६, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार राशि घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एनपीएलका विजेताले पाउने पुरस्कार राशि घोषणा गरेको हो। 

पहिलो संस्करणको एनपीएल विजेताले एक करोड १० लाख रुपैयाँ पाउने भएको छ।

यस्तै उपविजेताले ५१ लाख, तेस्रो स्थानमा रहने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख रुपैयाँ पाउने भएको छ। 

एनपीएलको प्लेअफमा सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स पुगेका छन्। बुधबार एलिमिनेटरमा चितवन र कर्णाली भिड्दैछन् भने पहिलो क्वालिफायर क्वालिफयरमा सुदूरपश्चिम र जनकपुर भिड्ने छन्।

यो खेलको विजेता फाइनलमा प्रवेश गर्ने छ। पराजित टोलीले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेता टोलीसँग भिड्नेछ। फाइनल खेल शनिबार हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad