खेल


सामान्य लक्ष्य दिए पनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल

सामान्य लक्ष्य दिए पनि पिचमा ब्याटिङ गर्न सहज भएनः ज्ञानेन्द्र मल्ल

नेपालखबर
पुस १, २०८१ सोमबार १८:५९, काठमाडौँ

कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले सुदूरपश्चिमबाट सामान्य लक्ष्य पाए पनि पिचमा ब्याटिङ गर्न सहज नभएकाले प्लेअफमा पुग्ने विश्वास टोलीमा रहेको बताएका छन्।

सोमबार भएको सुदूरपश्चिमसँगको खेलमा कर्णाली १६ औँ ओभरमा पराजित भएपछि कर्णालीका प्रशिक्षक मल्लले पत्रकारसँग पहिलो क्वालिफायर पुग्ने लक्ष्य पूरा नभएको बताए।

सुदूरपश्चिमको जित १२.२ ओभरभित्र रोकेपछि कर्णालीका प्रशिक्षक मल्लले न्यून लक्ष्य भए पनि पिच सहज नभएकाले रोक्न सक्छौँ भन्ने लागेको बताएका हुन्। तर पनि उत्कृष्ट क्रिकेट खेल्नुपर्छ भन्ने माइन्ड सेट गरेर खेलेको उनको भनाइ छ।

उनले पावर प्लेमा राम्रो बलिङ गरेपछि जितको सम्भावना बढे पनि सफल नभएको अनुभव सुनाए। १४० रनको लक्ष्य बनाउन सकेको भए पहिलो क्वालिफायरमा पुग्ने सम्भावा पनि रहेको उनको भनाइ छ। तर विकेट सहज नभएकाले सफल नभएको उनले बताए।

देव खनालले स्पिनरसँग राम्रो खेल्न सक्ने भनेर उनलाई चौथो नम्बरमा ब्याटिङ गर्न पठाएको प्रशिक्षक मल्ल बताउँछन्। बलरले राम्रो गर्दा यहाँसम्म आइपुगे पनि अब ब्याटरबाट धेरै आशा गरेको उनले उल्लेख गरेका छन्। 

अब एलिमिनेटरमा कर्णालीले चितवनको सामना गर्नेछ। यो खेल जितेमा कर्णाली फाइनल प्रवेशका लागि जनकपुर र सुदूरपश्चिमको पराजित टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

फाइनल खेल शनिबार हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad