नेपाल प्रिमियर लिग (एनपीएल) काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाण्डुको कप्तान करण केसीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन्।
लुम्बिनीले एनपीएलको पाचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको थियो। लुम्बिनीले बुधबार भएको खेलमा चितवन राइनोजलाई ३३ रनले पराजित गर्दै लिगमा पहिलो जित निकालेको थियो।
लुम्बिनीले आजको खेलमा चितवनविरुद्धको टोलीबाट एक खेलाडी परिवर्तन गरेको छ।
दुर्गेस गुप्ताको स्थानमा सुर्य तामाङलाई सुरुवाती ११ मा ल्याएको छ।
काठमाण्डुको टोलीमा भने दुई खेलाडी परिवर्तन भएको छ। काठमाण्डुले आज शंकर रानाको स्थानमा दिपेश कँडेल र नथान साउटरको स्थानमा ड्यान डवाथेवेट सुरुवाती ११ मा आएका छन्।
लुम्बिनी लायन्सः
रोहित पौडेल(कप्तान), सन्दीप जोरा, विवेक यादव, अर्जुन साउद, आशुतोष घिरैया, सुर्य तामाङ, अविशेष गौतम, टोम मोरिस, साद विन जफर, उन्मुक्त चन्द र रामोन सिमोन्डस
काठमाण्डु गुर्खाजः
करण केसी, सुमित महर्जन, साहब आलम, भीम सार्की, प्रतिक श्रेष्ठ, रासिद खान, दिपेश कडेल, माइकल लेविट, जेहार्ड इरासमस, स्टेफन इस्कीनाजी, ड्यान डवाथवेट,
Shares

प्रतिक्रिया