एसीसी महिला यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) सोमबार साँझ पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
यू–१९ एसियाकप क्रिकेट मलेसियामा यहि डिसेम्बर १५ देखि २२ तारिखसम्म सञ्चालन हुँदैछ।
नेपाली टोलीको उपकप्तानमा सोनी पाख्रिनसँगै साना प्रविन, ज्योत्सनीका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, सावित्री धामी, क्रिश्मा गुरुङ र त्रिशना बिक रहेका छन्।
यस्तै किरणकुमारी कुंवर, रिया शर्मा, रचना चौधरी, सीमाना केसी, स्नेहा महरा र अनु कडायत टोलीमा परेका छन्।

237
Shares

प्रतिक्रिया