खेल


४८ बलमा ५३ रन बनाएर आउट भए देव, गुल्सन शून्य रनमै आउट

४८ बलमा ५३ रन बनाएर आउट भए देव, गुल्सन शून्य रनमै आउट

नेपालखबर
मंसिर २२, २०८१ शनिबार १४:१३, काठमाडौँ

कर्णाली याक्सले तेस्रो र चौथो विकेट लगातार गुमाएको छ। 

देव खनाल ४८ बलमा ५३ रन बनाएर आउट भएका हुन्। 

विराटनगर किंग्सविरुद्ध ब्याटिङ गरेका उनले ४ चौकार २ छक्का प्रहार गरे। 

खनाल आउट भएलगत्तै ब्याटिङका लागि आएका गुल्सन झा पनि शून्य रनमै आउट भए। 

योसँगै कर्णालीले चौथो विकेट गुमाएको छ। 

१६औँ ओभर चलिरहँदा कर्णाली १११ रन बनाएर खेलिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad