खेल


लुम्बिनीविरुद्ध खरेलको अर्धशतक

लुम्बिनीविरुद्ध खरेलको अर्धशतक

नेपालखबर
मंसिर २१, २०८१ शुक्रबार १५:५१, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्ध पोखरा एभेन्जर्सका अ‍ोपनर दिनेश खरेलले अर्धशतक पूरा गरेका छन्। 

उनले ३९ बलमा ४ चौका र ३ छक्का सहयोगमा अर्धशतक पूरा गरेका हुन्। 

यसअघि पोखराका अर्का अ‍ोपनर आन्द्रेस घोषले अर्धशतक पूरा गरेका थिए। उनले २० बलमा ५ चौका र ६ छक्का सहयोगमा अर्धशतक पूरा गरे। 

आन्द्रेस शतक नजिक छन्। एनपीएलको एकै इनिङ्समा दुई अर्धशतक बनेको यो पहिलो पटक हो। 

लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १५ ओभरको समाप्तिमा विना विकेटको क्षतिमा १ सय ५१ रन बनाएर खेलिरहेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad