कप्तान रोहित पौडेलको विस्फोटक ब्याटिङमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्ससामु जितका लागि १ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रनको योगफल तयार पारेको हो।
कप्तान रोहित ९५ रनमा रनआउट भए। विवेक यादव २ रनमा नटआउट रहे।
कप्तान रोहितले बनाएको ९५ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। उनले ५९ बलमा १० चौका र ४ छक्का प्रहार गरे।
योसँगै रोहित जारी एनपीएलमा सर्वाधिक व्यक्तीगत स्कोर बनाउने पहिलो खेलाडी बनेका छन्।
यसअघि जनकपुरलका लाहिरु मिलान्थाले ७५ रनको व्यक्तिगत स्कोर बनाएका थिए।
तस्बिरमा लुम्बिनीको इनिङ











243
Shares

प्रतिक्रिया