खेल


एनपीएलः पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

एनपीएलः पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

जनकपुर र पोखराको खेल। तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १०:४०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्ससामु पोखरा एभेन्जर्सले १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रनको योगफल तयार पारेको हो।

नारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। 

म्याथु क्रिस्टले बनाएको ३५ रन नै पोखराका लागि सर्वाधिक रह्यो। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दा ललित राजवंशीको बलमा अनिल शाहको हातबाट क्याच आउट हुन पुगे। 

माइकल लिस्कले २५ रन थपे। १२ बलमा २५ रन बनाएका लिस्क किशोर महतोको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए। 

पाचौँ ओभरको अन्तिम बलमा ओपनर आन्द्रेस घोषलाई गुमाएको पोखराले छैटौँ ओभरको पाचौँ बलमा अर्का ओपनर दिनेश खरेललाई गुमाउन पुग्यो। 

पाचौँ ओभरको अन्तिम बलमा १६ बलमा ३ चौका र १ छक्का प्रहार गरेका उनी ललित राजवंशीको बलमा आशिफ शेखको हातबाट क्याच आउट भए।

छैटौँ ओभरको पाचौँ बलमा दिनेश खरेल १० रन बनाउँदै क्याच आउट नै हुन पुगे। रेमोन रेफर १७ रन बनाउँदा जेम्स निसमको बलमा अनिल शाहको हातबाट नै क्याच आउट भए। 

दिलीप नाथले ११ रन बनाउँदा मोहम्मद मोहसिनको बलमा एलबीडब्लु धरापमा परे। कप्तान कुशल भुर्तेल ६ रन बनाउँदै पेभेलियन फर्के। 
जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा ३१ रन खर्चे। 

जेम्स निसमले २ विकेट झारे। मोहम्मद मोहसिन र किशोर महतोले एक विकेट आफ्नो नाममा गरे। 

जनकपुरले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad