खेल


पोखरा एभेन्जर्सले जर्सीमा अरुको विज्ञापन नराख्ने, यसरी दिँदैछ जलवायु परिवर्तनबारे सन्देश

पोखरा एभेन्जर्सले जर्सीमा अरुको विज्ञापन नराख्ने, यसरी दिँदैछ जलवायु परिवर्तनबारे सन्देश

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १०:४७, काठमाडौँ

काठमाडौँमा जारी नेपाल प्रिमियर लिगमा अन्य फ्रेन्चाइज टिमहरुले आफ्नो जर्सीमा स्पोन्सरको लोगो राखिरहँदा सबभैन्दा महंगो टिम पोखरा एभेन्जर्सले भने जर्सीमा कसैको विज्ञापन नगर्ने निर्णय गरेको छ। 

मंगलबार चितवन राइनोजविरुद्ध भएको पहिलो खेलमा पोखराले आफ्ना खेलाडीहरुलाई विज्ञापनरहित जर्सीमा उतारेको थियो। 

एनपिएलको सुरुवातदेखि नै खेलमार्फत पर्यटन प्रवद्धन र जलवायु परिवर्तनबारे जनचेतना फैलाउने बताउँदै आएको पोखराले विज्ञापनको साटो ुग्लासियर्स म्याटर’ लेखिएको जर्सी लगाएको हो। जर्सीमार्फत हिमनदीहरुको महत्त्वलाई झल्काउँदै यसको संरक्षणमा जोड दिनुपर्ने सन्देश दिन खोजिएको हो। 

गण्डकीलाई जलवायु परिवर्तनको चपेटामा पर्न नदिन पोखरा एभेन्जर्सले यस्तो निर्णय गरेको अध्यक्ष त्रिपाठीले बताए।

 ‘गण्डकी पोखराजस्तो सुन्दर सहर बोकेको प्रदेशमात्रै होइन, सुन्दर हिमश्रृंखलाहरुले घेरिएको भुगोल पनि हो,’ त्रिपाठीले भने, ‘तर, विभिन्न अध्ययनहरुले नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण जलवायु परिवर्तनको उच्च जोखिममा रहेको विषय सार्वजनिक भइरहेका छन्। जलवायु परिवर्तनले हुने तापक्रम वृद्धिको असर हिमाली क्षेत्रमा बढी परेको छ। यसबाट हिउँ पग्लने, नयाँ हिमताल बन्ने, विद्यमान हिमालको आकार ठूलो हुने र हिमताल फुटेर बाढी आउने जोखिमसमेत बढेको छ। गण्डकी यसरी जलवायु परिवर्तनको चपेटामा पर्दै जाने हो र हिमालबाट हिउँहरु सकिँदै जाने हो भने यसले हाम्रो सौन्दर्यतालाई नै संकटमा पार्नेछ। हाम्रो सौन्दर्य संकटमा पर्नु भनेको संसारकै सुप्रसिद्ध पर्यटकिय सहरका रुपमा परिचित पोखरासँगै सिंगो गण्डकी प्रदेशकै अर्थतन्त्रमा असर पुग्नु हो।’

सुरुवातदेखि नै पर्यटन प्रवद्धन र जलवायु परिवर्तनको विषय उठाइरहेको पोखराले यसकै सन्देश दिन समुन्द्र सतहभन्दा झन्डै ४ हजार उचाइमा रहेको लोमान्थाङमा पुगेर आफ्नो जर्सी अनावरण गरेको थियो। 

प्रशंसकहरुमार्फत विभिन्न हिमालहरुमा पुगेर झन्डा फहराएको थियो। ‘गण्डकी र पोखराको मेरुदण्ड पर्यटन भएको र हामी गण्डकीलाई प्रतिनिधित्व गर्ने टिम भएको कारण त्यहाँको अर्थतन्त्रमा टेवा पु¥याउन पर्यटन प्रवद्धन गर्ने हेतुले पोखरालाई ‘पियोर एज प्याराडाइस’ अर्थात् ‘स्वर्गजस्तै पवित्र’ भनेर ट्यागलाइन नै दिएको छ।

 ‘जर्सीमा आफ्नो लागो राख्न दर्जनौं स्पोन्सरहरु सम्पर्कमा आएका थिए। तर, जलवायु परिवर्तनको मुद्दा हाम्रो लागि प्राथमिकतामा रह्यो। त्यसैले जर्सीको अगाडी अरुको विज्ञापन राखेनौं, बरु लेख्यौँ– ‘ग्ल्यासियर म्याटर्स’ अर्थात् हिमनदीहरु महत्तवपुर्ण छन्,’ त्रिपाठीले भने। 

‘जर्मनवाच’ नामक अन्तर्राष्ट्रिय संस्थाले सन् २०११ मा गरेको दीर्घकालीन जलवायु जोखिम सूचकांक ९२०००–२०१९० को अध्ययनअनुसार नेपाल जलवायु परिवर्तनका दृष्टिकोणबाट उच्च जोखिम भएका मुलुकमध्ये १०औँ स्थानमा छ । जलवायु परिवर्तनका कारण तीव्रगतिमा हिउँ पग्लने र तत्काल नदीमा पानीको मात्रा वृद्धि हुने भए पनि दीर्घकालमा पानीको मात्रा (आयतन) घट्ने अनुमान छ। 

पहिलो खेलमा चितवन राइनोजसँग हार व्योहोरेको पोखराले आज  जनकपुर बोल्ट्सविरुद्ध दोश्रो खेल खेलिरहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad