खेल


कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरको पहिलो जित

कीर्तिमानी लक्ष्य पूरा गर्दै विराटनगरको पहिलो जित

लक्ष्मी जि.सी
मंसिर १९, २०८१ बुधबार १६:२७, काठमाडौँ

ओपनर लोकेश बमको विस्फोटक ब्याटिङमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ।

बुधबार भएको दिनको दोस्रो खेलमा विराटनगर लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गर्दै रोमाञ्चक जित निकालेको हो। 

विराटनगरको यो एनपीएलको तेस्रो खेलमा पहिलो जित हो। लुम्बिनीले भने एनपीएलको पहिलो खेलमा नै हार भोगेको छ।
 
लुम्बिनीले दिएको १ सय ९२ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले १ बलअगावै ८ विकेटको क्षतिमा भेट्टायो। 

विराटनगरका ओपनर लोकेश बम ४७ बलमा ३ चौका र ५ छक्का सहयोगमा ७१ रन बनाउँदै पेभेलियन फर्के। मार्टिन गुप्टिल २८ रन बनाउँदा दुर्गेस गुप्ताको बलमा बोल्ड आउट भए। बसिर अहमद ४० रन बनाउँदा क्याच आउट हुन पुगे। प्रतिस जिसी ६ रनमा पेभेलियन फर्के।

लुम्बिनीका दुर्गेश गुप्ताले तीन विकेट झारे। साद विन जफर र रामोन सिमोन्डले समान दुई विकेट लिए। विवेक यादवले एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ  गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रनको योगफल तयार पारेको थियो। 

एनपीएलमा पहिलो खेल खेलिरहेको लुम्बिनीले अहिलेसम्मकै ठूलो योगफल तयार पारेको हो। यसअघि सुदूरपश्चिमले विराटनगरविरुद्ध नै १ सय ८२ रनको विशाल योगफल तयार पारेको थियो।

कप्तान रोहित पौडेलले बनाएको ४६ रन नै लुम्बिनीका लागि सर्वाधिक रह्यो। 

कप्तान रोहितले २९ बलमा ४ चौका र २ छक्का प्रहार गर्दा राजेश पुलामीको बलमा प्रतिश जिसीको हातबाट क्याच आउट भए। १७ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन बनाएका टम मोर्स रन आउट भए। 

ओपनर आशुतोष घिरैया १५ रन बनाउँदै रन आउट भए। अर्जुन साउद १७ रनमा इस्मत आलको बलमा बोल्ड आउट भए। सन्दीप जोरा १२ रनमा रनआउट हुन पुगे। 

साद विन जफर १५ रन बनाउँदा सन्दीप लामिछानेको बलमा मार्टिन गुप्टिलको हातबाट क्याच आउट भए। वेन कटिङ ६ रनमा रनआउट भए।

विवेक यादव १९ र रेमोन सिमोन्ड २ रनमा अविजित रहे। लुम्बिनीका चार खेलाडी रन आउट भए। 

विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, इस्मत आलम र राजेश पुलामीले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad