राजनीति


राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री सिंहले लिए जानकारी

राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे कार्यवाहक प्रधानमन्त्री सिंहले लिए जानकारी

फाइल फोटो


नेपालखबर
मंसिर १९, २०८१ बुधबार १६:३०, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले अस्पताल पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

राष्ट्रपति पौडेललाई भेट्न कार्यवाहक प्रधानमन्त्री सिंह आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन्। राष्ट्रिपति पौडेल प्रोस्टेटको उपचारका लागि बुधबार बिहान त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन्।

राष्ट्रपति पौडेलको आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक घनश्याम गुरुङले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad