नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा आफ्नो टिमले सुरुवात राम्रो गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा सुदूरपश्चिम रोयल्ससँग हार्नुपरेको विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले बताएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलपछि कप्तान लामिछानेले प्रतिक्रिया दिँदै आउने खेलमा थप सुधार गर्दै जानुपर्ने देखिएको बताए।
‘आज जसरी सुरुवात गरेका थियौँ, त्यसलाई निरन्तरता दिन सकेनौँ’, उनले भने, ‘६ ओभरसम्म राम्रो थियो। तर सुदूरका दुई खेलाडीले खेललाई राम्ररी अघि बढाए। दुई खेललाई हेरेर जज गर्नु एकदमै छिटो हुनेछ।’
आजको खेलमा आफूले व्यक्तिगत रूपमा पनि राम्रो गर्न नसकेको समीक्षा उनले गरे।
‘मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन। आउने खेलमा त्यसमा सुधार गर्दै लैजानुपर्छ’, उनले भने, ‘मेरो आफ्नो व्यक्तिग रूपमा पनि राम्रो गर्न सकेको छैन। यो पार्ट अफ लाइफ हो।’
यस्तो छ सन्दीप लामिछानेको पूरा भनाइ:
मिडल ओभरमा जसरी खेललाई लैजानुपर्ने हो, त्यो सकिएन। आउने खेलमा त्यसमा सुधार गर्दै लैजानुपर्छ। मेरो आफ्नो व्यक्तिगत रूपमा पनि राम्रो गर्न सकेको छैन। यो पार्ट अफ लाइफ हो।
खेलमा प्रेसरभन्दा त्यो मोमेन्टम छैन। जितपछिको जुन खुसी हुन्छ, त्यो छैन। आज जसरी सुरुवात गरेका थियौँ, त्यसलाई निरन्तरता दिन सकेनौँ। सुदूरपश्चिमले राम्रो गरेर खेललाई अघि बढायो। यो विकेटमा यो लक्ष्य पाउन गाह्रो नै थियो।
लोकल खेलाडीले रन नबनाउँदा प्रेसर छैन...यसमा व्यक्तिगत रूपमाभन्दा पनि टिमका रूपमा हेर्नुपर्छ। आज पनि राम्रो खेलेको हो, तर आउने खेलमा अझ राम्रो हुन्छ।
सुरुआत राम्रो भए पनि त्यसलाई निरन्तरता दिन सकेनौँ। ६ ओभरसम्म राम्रो थियो। तर सुदूरका दुई खेलाडीले खेललाई राम्ररी अघि बढाए।
दुई खेललाई हेरेर जज गर्नु एकदमै छिटो हुनेछ। म लगातार विकेट लिँदा यस्तो प्रश्न आउँदै छ।
मैले कस्तो अवस्थामा बलिङ गरेको छु भन्ने पनि महत्त्वपूर्ण हो। मैले बलिङ गर्दाको अवस्थामा विकेट लिनु उचित कि रन रोक्नु भन्ने महत्त्वपूर्ण कुरा हो। विकेट लिने मेरो काम हो। त्यो नहुँदा रन कसरी रोक्ने भन्ने हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा सुदूरपश्चिमले विराटनगरलाई ९० रनको फराकिलो अन्तरले हराएको हो।
- विराटनगर किंग्सविरुद्ध सुदूरपश्चिम रोयलको शानदार जित
- जितपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रले भने: १५० रनको लक्ष्यमा मैदान गएका थियौँ

Shares

प्रतिक्रिया