खेल


अनिलको अर्धशतक, जनकपुरले गुमायो दोस्रो विकेट

अनिलको अर्धशतक, जनकपुरले गुमायो दोस्रो विकेट

नेपालखबर
मंसिर १७, २०८१ सोमबार १५:५१, काठमाडौँ

त्रिवि मैदान कीर्तिपुरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सका अनिल शाहले अर्धशतक हानेका छन्। 

शाहले ३५ बलमा ५२ रन जोडेका हुन्। जनकपुर बोल्ट्सले १४२ रनको लक्ष्य पछ्याएर खेलिरहेको छ। 

अनिलले ३५ बलमा ७ चौका र १ छक्का सहयोगमा अर्धशतक पूरा गरे। १२.३ ओभरमा जेसन मक्सुदलाई चौका प्रहार गर्दै अर्धशतक पूरा गरे।

अनिल जारी एनपीएलमा अर्धशतक पुरा गर्ने पहिलो नेपाली खेलाडी हुन्।

समग्रमा एनपीएलमा बनेको यो तेस्रो अर्धशतक हो। यसअघि दुई विदेशी खेलाडीले अर्धशतक प्रहार गरेका थिए।

अनिलले अर्धशतक हानेलगत्तै जनकपुरले भने दोस्रो विकेट गुमाएको छ।

लाहिरु मिलान्था १३औँ ओभरको ५औँ बलमा जिसन मकसुदको बलमा एलबीडब्लु धरापमा परेका हुन्। उनले १३ बलमा २४ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad