काठमाडौँँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चौथो विकेट गुमाएसँगै काठमाडौँ गुर्खाज समस्यामा परेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा चौथो विकेटका रूपमा काठमाडौँले भीम सार्कीलाई गुमाएको हो। भीम १ रन बनाउँदा सोहेल तनवीरको बलमा एलबीडब्लु धरापमा परे।
त्यसअघि काठमाडौँले तेस्रो विकेटका रूपमा जेहार्ड इरासमसलाई गुमाएको हो। पाचौँ ओभरको चौथो बलमा इरासमस ४ रन बनाउँदा कुशल मल्लको बलमा बोल्ड आउट भए।
चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको काठमाडौँले छैटौँ ओभरको खेल जारी रहँदा चौथो विकेट गुमाएको छ। छैटौँ ओभरको खेल जारी रहँदा ३४ रन बनाउँदा ४ विकेट गुमाएको हो।
चौथो ओभरको चौथो बलमा माइकल लेभिट २५ रन बनाउँदा क्याच आउट हुन पुगे। त्यसअघि दोस्रो ओभरको पहिलो बलमा अोपनर स्टेफेन इस्किनाजी २ रन बनाउँदा सोहेल नतविरको बलमा अमर राउटेलाको हातबाट क्याच आउट भए। योसँगै काठमाडौँले दुवै ओपनरलाई गुमाएको छ।
चितवनलाई सोहेल तनवीरले तीन विकेट लिए। कुशल मल्लले एक विकेट झारे।








Shares

प्रतिक्रिया