काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ।।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोलले ७८९ मतसहित अग्रता लिइरहेका छन्।
कीर्तिपुरमा एमालेका डा.सुरेन्द्र मानन्धरले ६६६ र माओवादी केन्द्रका प्रा.डा.शिवशरण महर्जनले ४६५ मत पाएका छन्।
स्वतन्त्र उम्मेदवार राजमान महर्जनले ४१८ मत ल्याएका छन्। कीर्तिपुर १ को वडाध्यक्षमा कांग्रेसका इच्छाकुमार महर्जन विजयी भइसकेका छन्। वडानम्बर ४ को मतगणना जारी छ।
अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राज कुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए।
5.6k
Shares

प्रतिक्रिया